राजनीति

आगामी अक्टोबरदेखि कोरोना खोप निर्यात शुरु गर्ने भारतको घोषणा


काठमाडौँ–भारतले आगामी अक्टोबरदेखि कोरोना खोप निर्यात शुरु गर्ने घोषणा गरेको छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले छिमेकीलाई प्राथमिकतामा राखेर खोप निर्यात गर्ने घोषणा गरेका हुन् ।

उत्पादित खोप आन्तरिक प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो । भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज खोप रोकिएको छ ।