राजनीति

माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको सुनुवाइ हुँदै


काठमाडौँ – सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।

आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गर्नुभएको थियो ।

कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ ।