काठमाडौँ – इन्डियन प्रिमियर लिग आइपिएल अन्तरगा आज पन्जाब किङ्गस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साँझ पौने ८ बजे सुरु हुने खेलमा दुवै टिम अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् । अंकतालिकामा राजस्थान पाँचौ र पन्जाब छैटौँ स्थानमा रहेका छन् ।
जारी आइपिएलमा राजस्थानले ७ खेलमा ३ खेल जित्दा ४ वटामा पराजित भएको छ भने पन्जाबले ८ खेलमा ३ खेल जित्दा ५ खेल हारेको छ । राजस्थान र पन्जाब दुवैका समान ६–६ अंक रहेको छ । कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सानदार जित निकालेको थियो । आबुधाबीमा सोमबार राति कोलकत्ताले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो
प्रतिक्रिया