काठमाडौ– नेपाल र भारतको १५ औं संयुक्त सैन्य अभ्यास सोमबारदेखि भारतीय राज्य उत्तराखण्डको पिथौरागढमा सुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै मुलुकका कमान्डो बटालियन सहभागि छन् ।
अभ्यासमा दुबै देशका सेनाहरुले हतियार कसरी संचालन गर्नेदेखि लिएर पर्वतीय युद्धकला, विपद व्यवस्थापन, पहाडमा उद्धार र राहत कार्यबारे कौशल सिक्ने जनाइएको छ ।
साथै, सैनिकहरुले मानवीय सहायताका तरिकाहरु, जंगल युद्धकला, उच्च भूभागमा लडने कला र विपदमा जुट्ने तरिकाबारे सिक्नेछन् । पहाडी खोंचहरुमा प्रत्याक्रमण तरिकाबारेको ४८ घण्टे अभ्यास पनि उनीहरुले गर्ने भएका छन् ।
यो सिकाइलाई दुबै सेनाबीचको अनुभव आदानप्रदान मानिएको छ । अघिल्लो सूर्यकिरण सैन्य अभ्यास सन् २०१९ मा नेपालमा भएको थियो
प्रतिक्रिया