राजनीति

नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रिय कमिटिको पहिलो आज बस्दै


काठमाडौ–नेकपा एमालेवाट अलग्गीएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको प्रथम केन्द्रिय कमिटि बैठक आज बस्दैछ । लामो रस्साकस्सी र बिवादका बिच निर्वाचन आयोगले दलको मान्यता दिईसकेपछि पार्टीको मस्यौदा, बिधान र संगठन सुदृढिकरण र बिस्तारका सन्दर्भमा केन्द्रित रहने गरी पार्टीको पहिलो केन्द्रिय कमिटि बैठक बस्न लागेको हो ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि पार्टीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपा एमालेबाट अलग भएपछि नेकपा एकीकृत समाजवादीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टीका दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुनेछन् ।

यसैगरी बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्ताव माथि छलफल गर्ने नेकपा एकीकृत समाजवादीका नेता बताए । उनका अनुसार बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डा समेत राखीएको छ ।