देश

नेपालमा स्क्रब टाइफस महामारीको खतरा, यसबाट कसरी बच्न सकिन्छ ? (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण भएको स्क्रव टाइफसको संक्रमण देशका बिभिन्न जिल्लामा देखिएको छ । २०७२ सालको भूकम्पपछि नेपालमा देखिएको यो रोग सानो मात्रामा देशभर देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।

सन् १९३० को दशकमा जापानमा पहिलो पटक देखिएको स्क्रब टाइफस पछिल्लो समय नेपालमा पनि देखिन थालेका छन् । मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’को माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने गरेको पाइएको छ । २०७२ सालको भूकम्पपछि फैलन थालेको यो टाइफस नेपालका बिभिन्न जिल्लामा देखिन थालेको छ । यो रोग मानिसबाट सर्ने रोग भने होइन् ।

केही समययता अत्यधिक टाउको दुखाइ, ज्वरो, स्वास फेर्न गाह्रो हुने, खोकी, वाकवाकी, वान्ता, पखाला लाग्ने, जोर्नी, मांसपेशी दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिएका बिरामीले अस्पताल भरिने गरेका छन् । कतिपय बालबालीकाले भने स्क्रब टाइफस रोगबाट ज्यान नै गुमाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले अस्पतालमा यसको बिरामीहरु आइरहेको बताए । कोरोना सक्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

यो मान्छेदेखि मान्छेमा सर्दैन । यो किर्नाबाट मात्रै सर्ने रोग हो । यो रोगबाट बढी साना बालबालिका जोखिममा रहने गरेका छन । जनावर तथा ओसिलो स्थानमा पाइने किर्नालाई मुुसाको माध्यमबाट व्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सुझाव छ ।

खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म खेतमा काम गर्दा लामो जुत्ता लगाउने गर्नुपर्दछ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्नुपर्दछ । विशेषगरी बालबालिकामा यो रोगले बढी असर गर्ने भएकोले उनीहरुलाई जनावर र फोहोरबाट बचाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।