देश

सुनसरीमा हातीको आक्रमणबाट एक जनाको मृत्यु


काठमाडौँ – सुनसरीमा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्यु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिनुभयो ।