प्रवास

मध्य रुसको एक विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार, आठ जनाको मृत्यु


काठमाडौँ – मध्य रुसको एक विश्वविद्यालय परिसरमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो गोली काण्ड भएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसको छानविन समितिले आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएको जनाएका छन् ।

कतिपय विवरणमा आक्रमणकारीले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको छ ।

रूसमा यस्तै एक घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो र उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ।