राजनीति

माओवादी बिस्तारै एमालेकरण होला भन्ने चिन्ता बढेको छ : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रका नेतामा पनि एमालेका नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताउनुभयो ।

उहाँले समाजको विकास र न्यायको निम्ति पनि पाटीलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको औल्याउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गनुृभयो ।