राजनीति

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । यादवले दल विभाजनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधि सभा बैठकपछि सोमवार संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै यादवले अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । सत्ता गठबन्धनका नेता यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको बताउनुभयो ।