कोरोना विशेष

१३ जिल्लामा पूर्ण खोप लगाउने व्यस्वस्था गर्दैछौं : राज्यमन्त्री श्रेष्ठ


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १३ वटा जिल्लामा पूर्ण खोप लगाउने व्यवस्था गर्न लागेको बताउनुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै राज्यमन्त्री श्रेष्ठले चीनबाट आएको ४४ लाख खोपको प्रयोग गर्दै १३ वटा हिमाली जिल्लालाई पूर्ण खोप लगाउने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो । खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेर समूहलाई खोप व्यवस्था गरिने श्रेष्ठले बताउनुभयो ।