राजनीति

संसद् सुरुहुना साथ एमालेको नारावाजी


काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । सभामुखको कामकारवाहीका विषयमा सदनमै प्रश्न उठाउँदै आएको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको हो । 

बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् । तर, एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।