राजनीति

असोज ३ को ननिभेको आगो : कतै दिपावली – कतै कालो दिन (भिडियोसहित)


काठमाडौँ – नेपालको संविधान २०७२ कार्यन्वयन भएको ६ वर्ष पुरा भयो । संविधान बमोजिम नै मुलुक संघिय संरचनामा सञ्चालित छ ।

यद्यपि संविधान जारी भएदेखि नै मधेशवादी दल, राजतन्त्रका पक्षधर साथै आदिवासी समुदायले समेत संविधान संशोधनको माग गर्दै आएका छन । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सर्वस्वीकार्यतामा झनै मतभेद बढेको छ ।

आज असोज ३ अर्थात संविधान दिवस, मुलुकले नयाँ संविधान पाएको दिन । संविधान दिवस मनाउन थालेको ६ वर्ष पुरा भयो । तर संविधानको सर्वस्वीकार्यतामा भने पछिल्लो समय झनै मतभेद बढेको छ । आइतबार एकापक्ष संविधान दिवसको खुशीयाली मनाई रहेको थियो भने अर्कोपक्ष संविधानको विरोध गर्दैसडकमा निस्किएका थिए । राजतन्त्र पक्षधरले उपत्यकामा संविधान २०७२ को विरोध मात्र गरेनन् २०४७ सालको संविधानको पुर्नस्थापनाको माग समेत गरे ।

संविधान जारी भए देखि नै संविधान संशोधनको माग गर्दै मदेशवादी दल सडकमा छन । मधेशवादी दलका लागि संविधान संशोसन नै मुख्य राजनीतिक एजेन्डा बन्दै आएको छ । अर्कोतर्फ आदिवासी समुदायले पनि संविधान शंसोधनको माग गर्दै आएका छन । पछिल्लो समय सार्वजनिक वृत्तमा संविधान संशोधनको आवज अझ वुलन्द बन्दै गएको छ । संविधान आस्था र विश्वासको दस्तावेज बन्नुपर्ने हो । राजनीतिक दल र दलका नेताहरुका कारण संविधान आस्थाको दस्तावेज बन्न नसकेको कतपियको तर्क छ ।

तत्कालीन माओवादी सशस्त्र विद्रोह र जनआन्दोलन २०६२ /६३ को जगमा निर्मित संविधानसभाद्वारा जारी संविधान तत्कालीन शक्ति सम्झौताको महत्वपूर्ण दस्तावेज पनि हो । सिमित विरोधका वावजुद नागरिकबाट चुनिएका जनप्रतिनिधिहरूको ठूलो कसरतपश्चात् जारी संविधान २०७२ ले मुलुकको राजनीतिलाई दिशा निर्देश समेत गर्न सफल भएको छ ।