राजनीति

सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई सुवास नेम्वाङको आग्रह


काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वकोे सरकारका विरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताउनुभयो ।

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताउनुभयो ।