कोरोना विशेष

भोलिदेखि हिमाली जिल्लामा १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने


काठमाडौँ – भोलि (सोमबार)देखि हिमाली जिल्लामा १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । त्यस्तै ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।