देश

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने


काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रिय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले पुलिसलाई छानबिनका लागि निवेदन दिएको बताउनुभयो । कार्यक्रममा सह संयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउनका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको बताउनुभयो ।

संगठन महासचिव शरणकुमार गुरुङ्गले संगठनलाई कर्मचारीहरुको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्दै लैजाने भन्दै यो कुनै राजनीतिक दलको भातृ संगठन नभएको स्पष्ट पार्नुभयो ।