राजनीति

आफ्नो उम्मेद्वारी पुष्टि गर्न कांग्रेस प्रवक्ता शर्माद्वारा राजनीतिक अवधारणा सार्वजनिक


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता तथा महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारी पुष्टी गर्न राजनीतिक अवधारणा सार्वजनिक गर्नुभएको छ । गृह जिल्ला झापामा आयोजित एक कार्यक्रमका बीच शर्माले आफ्नो अवधारणा सार्वजनिक गर्नुभएको हो । उहाँले एक राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिने प्रस्ताव गर्नुभएको छ ।

यसबाट राजनीतिक नेतृत्वमा आगमन र वहिर्गमनको भिन्न प्रणाली निर्माण हुने शर्माको दावी छ । शर्माले सात पृष्ठ लामो अवधारणामा संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने, राजनीतिक अव्यवस्था अन्त्य गर्नुपर्ने , साझा परराष्ट्र नीति हुनुपर्ने, लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता बढाउनुपर्ने, न्यायको तीव्र अनुभूति गराइनुपर्ने, राजनीतिकर्मीहरू स्वावलम्बी हुनुपर्नेलगायतका प्रस्ताव उल्लेख गर्नुभएको छ ।