राजनीति

न्यायाधीशलाई पदक दिएकोमा नेम्वाङको आपत्ति, पदक अस्वीकार गर्न आग्रह


काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले न्यायाधीशले पाएको पदक अस्वीकार गर्नुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको पदकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद् विघटनविरुद्धको रिटको संवैधानिक इजलासमा बसेका न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गरे । जननिर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापितको घोषणा गर्ने अदालतका न्यायाधीश र मुद्दा दर्ता गर्ने पक्षले मेडल पाएको बेठिक भएको भन्दै तुरुन्त पदक अस्वीकार गर्नु पर्ने बताएका हुन् । उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए ।