राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – विधान महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।