काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आज ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
क्यानले प्रदेश १ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश–२ को प्रशिक्षकमा प्रकाश शर्मा र सुनिल शाह, बागमती प्रदेशको प्रशिक्षकमा संजय महर्जन र गण्डकी प्रदेशको प्रशिक्षकमा रिजन प्रजुलाई नियुक्त गरेको जनाएको छ । यस्तै लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी, कर्णालीका लागि विरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशका लागि खेम राज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएका छन् ।
प्रतिक्रिया