देश

संविधान दिवसकै दिन राजसंस्थाको माग राख्दै विरोध र्याली हुने


काठमाडौँ – राजसंस्था र हिन्दुत्वको माग राखेर आन्दोलन गर्दै आएका विभिन्न संस्थाहरुले संविधान दिवस अर्थात् असोज ३ मा ४७ सालको संविधान माग गर्दै काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । ‘नेपाली जनता’ को नाममा आयोजना हुने र्याली काठमाडौँको माइतीघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरसम्म आइपुग्ने तालिका रहेको आयोजक पक्षले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

र्यालीमा विभिन्न खाले झाँकी, हजारौंको जनसहभागिता रहने दावी गरिएको छ । शिव सेना नेपाल, विश्व हिन्दु महासंघलगायत दर्जनौं बढी संस्थाहरुले विभिन्न जिल्लाबाट आफ्ना समर्थक शुभेच्छुकलाई काठमाडौं उतारिरहेका छन् । सरकारले आइतबार आठौं संविधान दिवस मनाउन लागि रहँदा केही संस्था, अभियन्ता र राजनीतिक दलहरु चाहिँ विरोध वा ४७ सालको संविधान ब्युँत्याउनु पर्ने माग राखेर आन्दोलनरत छन् ।