राजनीति

जसपाले संविधान दिवस नमनाउने


काठमाडौँ – संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवस नमनाउने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको भन्दै संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताउनुभएको हो ।

भोलि मनाइने संविधान दिवसमा भाग नलिने जसपाले बताएको हो । संविधानका धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको भन्दै सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ । मधेश केन्द्रित जसपाले संविधान संशोधन हुनुपर्ने माग उठाउँदै आएको छ ।