राजनीति

नेकपा (एस)को सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी गठन


काठमाडौँ – नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी गठन गरेको छ । शनिबार काठमाडौँमा आयोजित भेलाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी गठन गरेको हो ।

भेलाले भीम शर्मालाई सम्पर्क कमिटीको अध्यक्षमा चयन गर्दै सदस्य ४५ सदस्यीय सोलुखुम्बु–काठमाडौँ सम्पर्क कमिटी कमिटी बनाएको हो ।
जसको वरिष्ठ उपाध्यक्ष लाक्पा गेल्जे शेर्पा प्रथम उपाध्यक्षमा सागर तामाङ, उपाध्यक्ष तेन्जी शेर्पा, सचिवमा दोर्जी शेर्पा र सह–सचिवमा शेखर राई चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा बविता राउतलाई चयन गरिएको छ ।नवगठित कमिटीलाई प्रमुख अतिथि तथा केन्द्रीय सदस्य बिजय गुरुङले सपथ ग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकास दिने दाबी गरेका छन् । कार्यक्रम प्रदेश १ (क) सदस्य आङ ङिमा लामा, सम्पर्क समन्वयइन्चार्ज आङ कामी शेर्पा लगायत नेताहरुको सहभागी रहेकोे थियो ।
निर्वाचन आयोगबाट ९ भदौमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा एसले जिल्ला र प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यसैबीच शुक्रबार काठमाडौंस्थित मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको थियो ।