समाचार

२४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५४० र एन्टिजेन विधिबाट २ हजार ८१८ जनामा परिक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार २३४ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २८ पुगेको छ ।