राजनीति

एमालेबाट चोइटेर गएकाका भविष्य समाप्त हुन्छ : महासचिव पोखरेल


काठमाडौँ – नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताउनुभयो । उहाँले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवा भित्र सुद्धिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।

स्थायी कमिटी सदस्य थापाले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताउनुभयो ।