काठमाडौँ – बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । यता सरकारी निकायले फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फाल्न लागिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ५ बुँदे माग लागु नभए सरकारको प्रतिवादमा उत्रने स्थानीयले चेतावनी समेत दिएका छन् ।
सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरे डाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् ।
बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट भएका छन् । सरकार र त्यहाँका स्थानीयहरुबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरुको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनु पर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्ने लगायतका माग पूरा नहोउन्जेल बञ्चरे डाँडामा फोहोर खस्न नदिने उनीहरुले अडान लिदैँ आएका छन् ।
त्यस्तै सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले तत्काल यसले असर नगरेपनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिती सिर्जना गरिदिने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
यता शहरी विकास तथा भवन निर्माण विभागले भने फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताएको छ । फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले अब फोहोर फाल्न मिल्ने विभागको दाबी छ ।
बाइट ः ध्रुवप्रसाद धिमाल, सुपरभाइजर, शहरी विकास तथा भवन निर्माण विभाग
सरसफाइ अभियन्ता भने फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको गुनासो गर्छन् ।
काठमाडौंको फोहोर व्यवस्थानलाई लिएर स्थानीयहरुले वर्षौदेखी आन्दोलीत छन् । उनीहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिदै आएका छन् । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया