देश

सातसय वर्ष पुरानो स्वराहिटिको अस्तित्व संकटमा, पुरातत्व विभागको प्राथमिकतामा किन परेन ?


चौधौ सताब्दीमै बनेको काठमाडौँ दरवामार्गको स्वरा हिटि उत्खनन गरेको दुई वर्ष वितिसके पनि आवश्यक संरक्षण नहुँदा ऐतिहासिक ढुंगेधारा बेस्याहार बनेको छ । सास्कृतिक सम्पदाको सरक्षणमा सरकार उदासिन बन्दा बल्ल बल्ल उत्खनन गरेको स्वराहिटि पुनः टुहुरो बनेको हो ।

दुई वर्ष अघि फोहोर मैला व्यवस्थापन गर्ने क्रममा एक ढुंगेधारा फेला पर्याे । त्यस ढुंगेधारालाई पुरातत्व विभागले नै चासो दिएर उत्खनन् पनि गर्याे । करिव २० लाख रुपैयाँमा केही मर्मत संहार गर्ने कार्य पनि गरियो । तर अहिलेसम्म त्यस ऐतिहासिक ढुंगेधारालाई सुरन्दरता भर्ने र उपयोग गर्ने स्थितिमा ल्याउन विभागले पहल गरेको छैन । पुरातत्व विभागले आधा काम गरेर छाडेपछि स्वराहिटि उत्खनन् गर्दा खुसी भएका स्थानीयहरु पुन निराश बनेका छन् ।

नेवार भाषामा स्वरा भनेको तीन, हि भनेको रगत र टी भनेको तरल पदार्थ हो । रगत जत्तिकै महत्वपूर्ण तरल पदार्थ पानी बग्ने तीन धारा भएकोले यस ठाउँलाई स्वरा हिटी भनिएको हो । स्वरा हिटी १४ औं शताब्दीमा लक्ष्मीदाश भारुले बनाएको शिलालेखमा उल्लेख छ । धार्मिक, सास्कृतिक तथा ऐतिहासिक स्थलको उत्खखन गरिँदासमेत यसलाई चासो दिएर पूर्ण संरक्षण नगरेर पुरातत्व विभागले हेरचेक्र्याइँ गरेको स्थानीयको गुनासो छ ।

हिटीहरु धार्मिक साँस्कृतिक रुपमा मात्र नभई मानिसको स्वास्थ्यसँग समेत जोडिएको हुन्छ । पुरातात्विक सम्पदाको पुननिर्माण गर्दा ख्याल गर्नु पर्ने सामान्य विषयमा समेत विभागको गैरजिम्मेवारीले अभियन्ताहरुको चित्त दुखाएको छ ।

पुरातात्विक सम्पदाहरु पूर्खाका पौरख अनि हाम्रो पहिचान पनि हो । प्राचिन धार्मिक तथा साँस्कृतिक महत्व बोकेका पुरातात्विक सम्पदाहरुको संरक्षण र पुस्ता हस्तान्तरण आवश्यक छ ।