राजनीति

सरकारलाई सहयोग गर्न निजामती कर्मचारीलाई ओलीको आग्रह


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेनिजामती कर्मचारी राज्यको स्थायी सरकार भएकोले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा शनिबार नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको स्मरण गर्दै उहाँले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन अपिल गर्नुभयो ।

जनताको कामलाई समय सकियो भनेर रोक्नेभन्दा समय दिएर गर्नेतर्फ ध्यान दिनसमेत उहाँले आग्रह गर्नुभयो ।