काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ । आज महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गर्नुभयो ।
इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताउनु भयो । महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षती पुगेका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो । उहाँले काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वटै वडाका पुरातत्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो ।
मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठिसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले गुठिको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया