राजनीति

सुदूरपश्चिममा नेकपा (एस)बाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ


काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।