राजनीति

नेकपा (एस) को सोलुखुम्बु काठमाडौँ सम्पर्क कमिटी गठन गरिदै


काठमाडौँ – नेकपा एमाले विभाजन पछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीले सोलुखुम्बु काठमाडौँ सम्पर्क कमिटी गठन गरिने भएको छ ।

नेकपा एमाले सोलुखुम्बुको समानान्तर जिल्ला कमिटी एकिकृत समाजवादीमा समाहित भएपछि सोलुखुम्बु काठमाडौँ सम्पर्क कमिटी गठन गरिने भएको हो । सम्पर्क कमिटि गठनका लागि भोलि असोज २ गते काठमडौँमा कार्यक्रम आयोजना गरिएको सम्पर्क विभाग प्रमुख तथा प्रदेश कमिटि सदस्य आङकामी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बु जिल्लाका विभिन्न क्षेत्रबाट काठमाडौँमा विभिन्न पेशा र व्यवसायमा आबद्ध उपत्यकाभित्र बसोबास गरिरहेका पार्टीका नेता र शुभेच्छुकसहित सम्पर्क कमिटि गठन गरिने पनि सम्पर्क विभाग प्रमुख शेर्पाले बताउनुभयो ।

‘हाम्रो जिल्ला पार्टीको सम्पर्क केन्द्रसम्म पुर्याउनको लागि कमिटि गठन गर्न लागेका हौं ।’ प्रमुख शेर्पाले भन्नुभयो , ‘काठमाडौँभित्र रहनु भएका पार्टीका साथीहरुलाई एकताबद्ध हुनका लागि पनि हामीले सम्पर्क कमिटि गठन गर्न लागेका हौं ।’