राजनीति

कांग्रेसले तोक्यो सात जिल्लाका लागि निर्वाचन अधिकृत


काठमाडौँ – नेपाली कांग्रेसले थप गरिएको सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । निर्वाचन समितिले अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौँसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दिया गरी सात जिल्लामा मा निर्वाचन अधिकृत तोकिएको छ ।

समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार काठमाडौँ जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ । यस्तै, मोरङमा केदार कार्की निर्वाचन अधिकृत बनेका छन् । काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । श्रेष्ठका अनुसार बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेका छन् । उनका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् ।