राजनीति

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने अध्यक्ष नेपालको भनाई


काठमाडौँ – नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौँको मीनभवनमा नयाँ पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ साथै नेपालले यथास्थितिमा एमसीसी अघि नबढ्ने प्रस्ट समेत पार्नुभयो । उहाँले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको पनि जानकारी गराउनुभयो ।