देश

पाथिभरा मन्दिर दर्शनका लागि खुला


काठमाडौँ – कोभिड–१९ का कारण विगत पाँच महिनादेखि बन्द रहेको ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल मन्दिर पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । मन्दिर विकास समितिले विज्ञप्ति जारी गर्दै मन्दिर खुला गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको छ । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिका अनुसार कोरोनाको संक्रमण घट्दै गएको र नवरात्र पनि सुरु हुन लागेकोले दशैंलाई लक्षित गरेर दर्शनका लागि मन्दिर खुला गरिएको हो ।

कोभिडको जोखिम अझै पूर्ण रूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागु गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ । पाथीभरा दर्शनका लागि दसैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।