राजनीति

एमालेमा फर्केर आउनुस् : मुख्यमन्त्री शाक्य


काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेकी छन् । बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले नेपाल आफूहरुभन्दा अग्रज भएको र आफूले जन्माएको पार्टीलाई यसरी चटक्क छोडेर जाने कुरा कुनै पनि ढंगबाट सही नभएको तर्क गरिन् । उनले नेपाललाई एक पटक समीक्षा गर्नु पर्ने र फर्केर आउनु पर्ने बताइन् । साथै, एमालेलाई सुदृढ बनाउन नेपालको भूमिका आवश्यक रहेको धारणा पनि राखेकी छन् ।