काठमाडौँ – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन तोलामा सात सयले गिरावट आएको हो ।
अघिल्लो दिन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया