खेलकुद

च्याम्पियन्स लिग : सिटीले आधा दर्जन गोल हान्दा, पीएसजी भने बराबरीमा


काठमाडौँ – च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६–३ गोल अन्तरले हरायो । जितसँगै समुह ए मा रहेको सिटीले तीन अंक बनाएको छ ।

लिगको गएराति नै भएको खेलमा लिभरपुलले एसी मिलानलाई तीन दुई गोल अन्तरले हरायो भने रियलले इन्टर मिलानलाई एक शून्यको झिनो अन्तरले पराजित गर्यो । यस्तै पेरिस सेन्ट जर्मेनलाई क्लव ब्रुगले एक–एक गोलको बराबरीमा रोकियो । जर्मन क्लब बोरुसिया डर्टमन्डले टर्किस क्लब बेसिकटासमाथि २–१ को जित निकाल्यो । अर्को खेलमा सेरिफले सख्तर डोनेस्कलाई २–०ले हरायो ।