राजनीति

सल्यानका १० स्थानीय तहमा १३ हेलिप्याड निर्माण (भिडियोसहित)


काठमाडौँ – समयमै अस्पताल पुग्न नसकी उपचार अभावमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनगर गर्दै सल्यानका स्थानीय तहले हेलिप्याड निर्माणलाई तीव्रता दिएका छन् । जसले नागरिकहरुमा समेत उत्साह दिएको छ ।

पहाडको बाटो, स्तरउन्नतीको अभाव र सडक सञ्जालको भरपर्दाे आधार नभएका कारण गम्भीर खालका विरामी र गर्भवतीहरुको उपचारमै समस्या देखिन थालेपछि सल्यानका स्थानीयतहरुले हेलिप्याड निर्माण गरिरहेका छन् । स्थानीयस्तरमै उद्दार र आपतकालिन उपचार प्रयोजनका लागि हलिप्याड निर्माण गरि हेलिकप्टरमार्फत विरामीलाई काठमाडौँसहित देशका सुविधा सम्पन्न अस्पतालमा पु¥याउन सकिने भएपछि स्थानीयहरुमा समेत खुशी छाएको छ ।

सल्यानका दश स्थानीय तहमध्ये सात गाउँपालिकामा एक र तीन नगरपालिकामा दुई÷दुई गरि १३ वटा हेलिप्याड निर्माण भइरहेका छन् । यसमध्येको एक बागचौर नगरपालिकाले आफ्नै नगरको दृश्यावलोकन र पर्यटक आकर्षित गर्नका भ्यू टावर निर्माण गरिरहेकै स्थानमा नाईटभिजनसहितको हेलिप्याड निर्माण भैरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशकै पहिलो बन्न सफल भएको बागचौर नगरपालिकाले भ्यूँ टावर र हेलिप्याडसम्म पुग्न सडक सञ्जालबाहेक स्थानियस्तरकै मानिसहरुको श्रम खर्चिएर पैदलमार्ग बनाएको छ । डाँगीहरुको उद्गल थलो लस्तमलाई लक्षित गरि पूर्वाधार निर्माणको काम गरेपछि यहाँ स्थानीयहरुले समेत जीवनस्तर परिवर्तनको आश गरिरहेका छन् ।

उपचार अभावकै कारण ज्यान गुमाउनु दुर्गमका स्थानीयको बर्षाैदेखिको बाध्यता हो । निम्न आयस्तर र स्थानीयस्तरमै सुविधा सम्पन्न पूर्वाधारअभावले समयमै उपचार पाउन सकिदैन । तर पछिल्लो समय आपतकालिन उपचार उद्धारमा हेलिकप्टरको प्रयोग बढेको छ, यहाँ स्थानीयले सुविधा सम्पन्न अस्पतालको मुख देख्न पाउने विश्वास गरेका छन् । यद्यपी सम्पन्नका लागि यो एक गतिलो विकल्प भएपनि विपन्नहरुले समेत सेवा र राहत पाउनस्थानीय सरकारहरुले विशेष ध्यान पु¥याउन आवश्यक छ ।