राजनीति

प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यद्धारा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ


काठमाडौँ – एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाउनुभएको हो । सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ ।

सरकारमा ३ राज्यमन्त्री समेत नियुक्त गरिएको छ । जसमा लिलाबल्लभ अधिकारीले आन्तरिक मामिला राज्यमन्त्री, उत्तम बस्नेतले उद्योग, वन, पर्यटन राज्यमन्त्री र ज्ञानेश्वर राजवंशीले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेबारी पाउनुभएको छ ।