राजनीति

राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, शोक प्रस्ताव पारित गरेर रोकियो बैठक


काठमाडौँ – राष्ट्रिय सभाको असोज ५ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले धारणा राख्न समय दिनुभएको थियो ।

सांसद् भगवती न्यौपाने प्रतिनिधि सभाका सभामुखले निष्पक्ष काम नगरेको भन्दै बैठक संचालन हुन नदिने बताउनुभयो । सरकार र सबैको ध्यान गएको भन्दै अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभाको कारबाही अघि बढाउन आग्रह गर्नुभएको थियो । एमाले सांसदहरूले नमानेपछि कार्यसूचीमा भएका अन्य विषय हटाएर शोक प्रस्ताव पारित गर्ने विषय रहेको जानकारी दिएपछि एमाले संसदहरु बसेका थिए । शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको छ । अर्को बैठक असोज ५ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।