काठमाडौँ – च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको खेलमा बार्यन म्यानिख विजयी भएको छ । हिजो राति सम्पन्न खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न सँग ३–० ले गोलअन्तरले पराजित भएको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे। बायर्नले खेलको ३४औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो। लिरो सानेको पासमा मुलरले गोल गरेका थिए।
लेवान्डोस्कीले दुबै गोल खेलको दोस्रो हाफमा गरेका थिए। उनले खेलको ५६औं मिनेटमा उनको गोलसँगै बायर्नको अग्रता दोब्बर बनेको थियो। खेल सकिन एक मिनेटअघि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए
।
प्रतिक्रिया