राजनीति

राष्ट्रसंघीय महासभा सुरु, नेपाली प्रतिनिधिमण्डलको अझै टुंगो लागेन


काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६ औँ महासभा अमेरिकाको न्युयोर्कमा सुरु भएको छ । महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भने अझै टुंगो लागेको छैन ।

परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको बताएको छ । तर, कसको नेतृत्वमा जाने भन्ने अझै अन्योल नै रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले महासभामा आफू नजाने बताइसक्नु भएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्याल मध्ये एकको नेतृत्वमा नेपाली टोली पठाउने सम्भावना रहेको छ । १ सय ३० मुलुकको सहभागिता रहेको राष्ट्रसंघको महासभा गएरातिबाट सुरु भएपनि उच्चस्तरीय छलफल असोज ५ बाट हुनेछ ।

महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने तयारी गरिएको छ । महासभा असोज २२ गते सम्म चल्नेछ ।