देश

८५ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)


काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवहरुको सरुवा गरिएको हो । महिना दिनदेखि प्रक्रिया प्रारम्भ भए पनि केही बेरअघि सरुवा टुंगिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रशासन सेवाको ५४,कृषि सेवाको १३,इञ्जिनियरिङ सेवाबाट ९,वन सेवाबाट ५ र शिक्षा सेवाबाट ४ जना सहसचिव गरी ८५ जना सह सचिव सरुवाको टुंगो लागेको हो ।