राजनीति

लुम्बिनीमा जसपाका दुई विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी


काठमाडौँ – लुम्बिनीमा जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार बनेको एक महिनापछि माात्र जसपाका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको पुष्टि गरेको छ ।

साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए । ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए ।