राजनीति

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले पार्टी रोज्न पाउने



काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको पक्षमा आदेश आएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए ।

दल दर्ता नहुँदै आयोगमा लिखित निवेदन दिएर सनाखत गर्न उपस्थित हुन पाउँ भनेकोमा आयोगले उनीहरूबारे कुनै निर्णय नगर्नु मनासिव नभएको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।

दल दर्ता गर्न भन्दै सुरूमा दिएको निवेदनमा नाम उल्लेख नभएका झलनाथ खनालको सनाखत गर्दिने तर उनीहरूको नगर्ने काम मनासिव नभएको सर्वोच्चले बताएको छ । पाण्डे प्रतिनिधि सभा र भट्ट राष्ट्रिय सभाकी सांसद हुन् ।