राजनीति

संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।