राजनीति

सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गर्दै पार्टी कब्जा गरे : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनु भएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिनु भयो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाउनुभयो ।