राजनीति

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन


काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश–२ संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ । सोमबार बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेतामा सर्वसम्मतले चयन गरिएको हो । प्रदेश–२ सरकारमा जाने तयारीस्वरूप नेकपा (एकीकृत समाजवादी) पार्टीले दलको नेता चयन गरेको छ ।

पार्टी विभाजनअघि महतो नेकपा एमालेको संसदीय दलका नेता थिए । नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भए लगत्तै महतोसहित १३ जना प्रदेशसभा सदस्य यस पार्टीमा आवद्ध भएका छन् । नेकपा एमालेसँग अब प्रदेश २ मा ८ जना मात्र प्रदेशसभा सदस्यहरू छन् ।