काठमाडौँ – लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले प्रिमियर लिगमा आफ्नो एक सय गोल पूरा गरेका छन् । लिड्स युनाइटेडलाई ३–० गोलले हराउने क्रममा एक गोल गरेका सलाहले १०० गोल पूरा गरेका हुन् । यससँगै इजिप्टका सलाह प्रिमियर लिगमा एक सय गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन् ।
उनले लिभरपुलका लागि ९८ र चेल्सीका लागि दुई गोल गरेका छन् । प्रिमियर लिगमा डिडियर ड्रोग्बाले १०४ गोल गरेका थिए । लिगमा सलाहको तथ्यांक निकै प्रभावशाली देखिन्छ । उनले एकपटक प्लेयर अफ द सिजन बनेका उनले दुई गोल्डेन बुट जितेका छन् ।
प्रतिक्रिया