राजनीति

अब राप्रपा कहिल्यै फुट्दैन : अध्यक्ष कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताउनुभएको हो ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताउनुभयो ।

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउनुभयो । उहाँले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्नुभयो ।